pk campusकाठमाडौं । स्नातकोत्तर दोस्रो वर्षको परीक्षा अन्तरगत मानविकी संकायको पचास अंकको रिसर्च पेपरको प्रश्नपत्र समयमा नआएको भन्दै परीक्षार्थीले विरोध जनाएपछि बागबजारस्थित पद्मकन्या क्याम्पसमा झडप भएको छ ।

अंग्रेजी विषयको रिसर्च पेपरको प्रश्नपत्र परीक्षा समय भन्दा ढिला र थोरै आएको भन्दै परीक्षार्थीहरुले विरोध जनाएका थिए ।

विद्यार्थीको विरोधपछि परीक्षा नियन्त्रण कार्यलयले सो केन्द्रको परीक्षा रद्द गरेको छ । परीक्षामा सहभागी नौ सय विद्यार्थीका लागि तीन सय प्रश्नमात्रै पुगेको थियो ।

परीक्षा सुरु हुने समयसम्म पनि सिट प्लानिङ र प्रश्नपत्र नआएपछि बाहिरिएका विद्यार्थीलाई प्रश्नपत्र आएको भन्दै परीक्षामा बस्न आग्रह गरेपछि विवाद सुरु भएको थियो ।

विवादले उग्ररुप लिएर झडपको स्थिति सिर्जना भएपछि प्रहरी परिचालन गरिएको थियो ।

सम्बन्धित खबरहरु