Sushil Koiralaजनबोली/८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्तामा आउन पुनः औपचारिक आह्वान गरेका छन् ।

सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदले औपचारिक काम थालेको एक वर्ष पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री कोइरालाले देशबासीका नाममा सन्देश जारी गर्दै दोस्रोपटक वार्ता आह्वान गरेका हुन् ।

यसअघि कोइरालाले वार्ताका लागि गरेको आह्वान अपूरो भएको भन्दै विपक्षी मोर्चा वार्तामा बस्न मानेको छैन । उसले सहमतिबाट मात्रै सविधान जारी गर्ने प्रतिवद्धता खोजेको छ ।

कोइरालाले आफ्नो सन्देशमा सहमतिको प्रयासले मूर्त रुप लिएमा बहुमतीय प्रक्रिया स्वतः हराउने उल्लेख गरेका छन् ।

‘सहमतिमा संविधान निर्माण गर्ने हाम्रो प्रयास र समझदारीले मूर्तरुप लिएको अवस्थामा अरु प्रक्रियाको सान्दर्भिकता स्वतः हराएर जानेछन्’ कोइरालाले भनेका छन् ।

सरकारले एक वर्षका गरेको उपलब्धि र प्रमुख कामका बारेमा जानकारी दिन योजना आयोगको हलमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.मिनेन्द्र रिजालले कोइरालाको सन्देश पठाएर सुनाएका हुन् ।

कोइरालाले लामो समयदेखि अवरुद्ध सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग सहमतिका आधारमा गठन भएको भन्दै सबै पक्षबाट गम्भीर प्रयास भए सहमतिमै महत्वपूर्ण निर्णय गर्न सकिने प्रष्ट पारे ।

पढ्नुहोस् प्रधानमन्त्रीको वक्तव्य-

PM koirala

सम्बन्धित खबरहरु