Kejariwal_morning_walking_225292352काठमाडौं: हाम्रा देशका नेताहरुलाई मन्त्री बनेकै भोलिपल्ट चिल्लो कारमा हुइँकिन हतार हुन्छ । उनीहरु ठुलो पदमा पुगेपछि सर्वसाधारणले दैनिक हिड्ने सडक पेटीमा निस्कँदा आफुलाई फोहोर लाग्लाझैँ गरेर टक्टकिन्छन् ।

छिमेकी भारतको राजधानी नयाँदिल्लीमा प्रचण्ड बहुमतसहित मुख्यमन्त्री बनेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालको दैनिकी भने सर्वसाधारणसँगै सडकबाटै सुरु हुन्छ । उनी सर्वसाधारणसँग  भलाकुसारी गर्दै साधारण पोसाकमा विहानै दिल्लीको सडकमा निस्कन्छन् ।

 

सडकमा निस्कँदा उनी हाम्रा नेताजस्तो नत कुनै  तामझाम गर्छन् नत दर्जनौ सुरक्षाकर्मी अघिपछि लगाउँछन् । उनी सडकमा निस्कँदा मुख्यमन्त्री बन्नु पहिले झैँ अहिलेपनि फुटपाथे तरकारी व्यापारी, विद्यार्थी र बटुवासँग हात मिलाउँदै भलाकुसारी गरिरहेका भेटिन्छन् ।

आजतक अनलाइन लेख्छ, "एक मुख्यमन्त्री जब सडकमा सर्वसाधारण झै निस्कन्छन् , बुझ्नुस् कि दिल्लीको राजनैतिक चरित्रमा परिवर्तन आएको छ ।"

 

सम्बन्धित खबरहरु