एकलाख मुसा मारेपछि सरकारी जागीर

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

पाकिस्तान । पाकिस्तानमा आफूले एक लाख मुसा मारेको दाबी गर्ने एक व्यक्तिलाई उत्त मुलुकको उत्तरपश्चिमी नगर पेसावरस्थित एक सरकारी संस्थाले सडकमा देखिएका मुसा मार्ने काममा लगाएको छ ।

नासेर अहमद नाम गरेका यी व्यक्तिलाई ‘मुसा मार्ने व्यक्ति’ को पदमा काममा लगाइएको छ र उनले मासिक रूपमा १५ हजार रूपैयाँ तथा प्रति अभियानमा दुई हजार रूपैयाँ बोनस पाउनेछन् । अहमदले आफूले गत १९ महिनामा एक लाख मुसा मारेको दाबी गरेका छन् । उनले आफ्ना एक साथीकी श्रीमतीलाई मुसाले टोकेपछि अस्पतालमा भर्ना गर्नुपरेपछि मुसा मार्ने अभियान आरम्भ गरेको बताएका छन् । वाटर सप्लाई एन्ड स्यानिटेसन पेसावर नामक कम्पनीका महाप्रवन्धक नासिर गफुरले नगरमा मुसाको सङ्ख्या बढेका गुनासो प्राप्त गरेको र त्यसले घर, पसलमा क्षति पुर्यारएको र खाना प्रदूषित गरेको बताए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु