पशुपतिनाथको ४० करोड जोखिममा

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

काठमाडौं । अनियमितताका कारण पहुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गाबाट हुन सक्ने करिव ४० करोड रुपैंयाको आम्दानी जोखिममा परेको छ । भौगर्भिक परीक्षणबाट देखिएको परिमाणअनुसार अधिकतम मूल्यमा बालुवा बेचिएको भए कोषले कम्तिमा पनि ४० करोड रुपैंया आम्दानी गर्ने थियो । तर कोष, काठमाडौं जिविस र ठेकेदारको मिलेमतोका कारण त्यसको २० प्रतिशत पनि आम्दानी भएको छैन ।

सिएन एसोसिएट्सले करिव ८ वर्षर्अघि गरेको अध्ययनले ५ सय ३४ रोपनी क्षेत्रफलबाट ४ करोड २९ लाख घनफिट शुद्ध बालुवा भण्डारण गरेको प्रतिवेदन तयार गरेको थियो । उद्योगपति वसन्त चौधरी सदस्य सचिव हुदा प्रस्तावित गुरुयोजनाका लागि गरिएको सर्वेक्षणले उक्त क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माणका लागि जग्गा सम्याउनुपर्ने र सो क्रममा उक्त परिमाणको बालुवा बिक्री गरेर कोषको आम्दानी बढाउन सकिने उल्लेख गरेको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७