भाबुक बन्दै प्रचण्डले भने-′मेरो ज्यान सिध्याउने तानाबाना बुनियो′

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफुलाई ज्यानको खतरा रहेको बताएका छन् । ′मेरो ज्यान खतरामा छ′, नेपाल राष्ट्रिय प्राध्यापक संघ र नेवा राज्यको भेलालाई शुक्रबार राजधानीमा संबोधन गर्दै उनले भने, ′प्रतिगामी क्वार्टरबाट मलाई सिध्याउने तानबाना बुनिएको जानकारी आजै बिहानमात्रै पाएको छु।′
प्रथम संसदीय निर्वाचनबाट सत्तामा आएका बीपी कोइरालाले राम्रो गर्न खोज्दा जेल हाल्नेदेखि निर्वासमा पठाउनेसम्मका कार्य भएको तर्फ दहालले सजग गराए । मदन भण्डारीलाई दुर्घटनामा पारेर मारिएको घटनाबारे सम्झिँदै उनले दुस्ख व्यक्त गरे। ′गिरिजाप्रसाद कोइराला र म हुँदा शान्ति प्रक्रिया र संविधान निर्माणतर्फ धेरै कुरा मिल्यो′, उनले भने, ′कोइरालाको निधनपछि मलाई सिध्याउने तानबानामात्र बुनिएको छ।′ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु