Sushil Koiralaकाठमाडौं । सत्ता ! राजनीतिशास्त्रको परिभाषाभित्र सबैभन्दा शक्तिमान। यही सत्ता हो, जसले कुनै मुलुकको कायापलट गरेको छ र कुनै मुलुकलाई बर्बाद पारेको छ । व्यक्तिगत रूपमा पनि सत्ताले कोही लोकप्रिय त कोही अलोकप्रिय भएका छन् विश्व इतिहासमा ।

विगत सात दशकयता नेपालमा सत्ताबाट लोकप्रिय भएका नेता खोज्नै गाह्रो छ। सत्तामा नपुग्दा ′हाईहाई′ हुने नेता सत्तामा पुगेपछि लोकप्रियताको पारो १ सय ८० डिग्रीले घटेका धेरै उदाहरण छन्, पुष्पकमल दाहाल, बाबुराम भट्टराईदेखि मनमोहन अधिकारी र माधव नेपालसम्म ।

नेता, कोही नीतिले चर्चामा हुन्छन्, कोही व्यक्तिगत प्रभावले त कोही अनुशरणीय जीवनशैलीले। कांग्रेस नेतृत्वमा आएको चार वर्ष नपुग्दै सत्ताको नेतृत्वमा पुगेका सुशील कोइराला नीति, प्रभाव र लोकप्रियताले होइन, पदले सत्तामा पुगे र जीवनशैलीले लोकप्रिय बने।

कोइराला प्रधानमन्त्री नहुँदा उनको ′किचेन क्याबिनेट′ मा रहेका प्रायस् अहिले बालुवाटार जाँदैनन् । उनलाई बाह्रौं महाधिवेशनमा सभापति जिताउनेदेखि दोस्रो संविधानसभामा निर्वाचित गराउन सबथोक छाडेर लागेका दिलबहादुर घर्ती, आनन्दप्रसाद ढुंगाना र दिलेन्द्रप्रसाद बडू अहिले बालुवाटारबाहिर छन् ।

बुद्धनगरमा भान्जाको घरमा बसेदेखि महाराजगन्जमा गिरिजाप्रसाद कोइराला बस्दै आएको भाडाको घरमा सरेसम्म यिनै तीन नेता हुन्, जो सातामा सधैंजसो बिहानको कालो चिया उनीसँगै खान्थे ।

जब कोइराला प्रधानमन्त्री बने तब उनीहरूको सम्बन्ध बिस्तारै टाढिँदै गयो । घर्ती र ढुंगाना प्राय बालुवाटार जाँदैनन् । बडू पार्टी प्रवक्ता भएकाले पार्टी काम परेमात्रै छिर्छन्। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु