aparaadhकाठमाडौं । अपराधको दुनियाँमा आफूलाई कमजोर साबित नगर्ने नेपाली पनि पछिल्लो दिन बढ्दै गएका छन् । चोरी, डकैती, हत्या ठगी र अपहरणका मुद्दामा नेपालीहरु दोषी देखिने क्रम पनि पछिल्ला दिनमा निकै बढेर गएको छ ।

तथ्यांकलाई आधार मान्दा अपराधको विश्वव्यापी सञ्जालमा नेपालीहरुले गरेको अपराधलाई समान्य मान्न नसकिने राजधानी दैनिकमा खबर छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘दाउद इब्राहिम तथा छोटा राजनको समूहले छिमेकी मुलुकसहित दक्षिण एसियाको मुख्य बजारलाई आफ्नो कब्जामा राख्न खोजेकै अवस्थमा पनि नेपालीले स्वदेश तथा विदेशमा अपराध गरी आफूलाई अन्तर्राष्ट्रिय स्तरको अपराधीको रुपमा दर्ज गरेको पाइएको हो ।

त्यसैको परिणाम विभिन्न अपराधमा फरारको सूचीमा दर्ज भई रेड नोटिस जारी भएका नेपालीको संख्या ७३ पुगिसकेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार विभिन्न अभियोगमा नौ मुलुकले नेपाल प्रहरीकै पूर्वप्रहरी नायव उपरीक्षक डीएसपी सहित ७३ नेपालीविरुद्ध रेड नोटिस जारी गरेको छ ।

त्यसैगरी रेड नोटिसकै चरणमा रहेका १६ जनाको नाममा डिफ्युजन नोटिस जारी भएको छ । चोरी, डकैती, ठगी, हत्या, वन्यजन्तुको चोरीनिकासीजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै नौ मुलुकले उनीहरुविरुद्ध नोटिस जारी गरेको हो ।

सम्बन्धित खबरहरु