काठमाडौं । पाकिस्तानले विश्वकप क्रिकेटमा विजयी सुरुवात गर्न वेष्टइण्डिजले प्रस्तुत गरेको ३११ रनको चुनौति सामना गर्नुपर्ने भएको छ । आज विहान भएको खेलमा वेष्टइण्डिजले सुरुवाती खेल सामान्य खेलेको थियो ।
उस्ले अन्तिम १० ओभरमा मात्र ११५ रन जोडेपछि बलियो अवस्थामा पुगेको हो ।
क्राइष्ट चर्च मैदानमा भएको खेलमा वेष्टइण्डिजका दिनेश रामदीन र लिन्डल सिमोन्सले अर्धसतक बनाए ।
उस्ले ट वीकेट गुमाएर ५० ओभरको समाप्तीमा ३१० रन बटुलेको थियो । पाकिस्तानले सजिला क्याचहरु पनि सम्हाल्न नसक्दा वेष्टइण्डिजलाई फाइदा पुगेको हो ।