पूराना नायक शिव श्रेष्ठ भ्रष्टाचारी मन्त्री

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

काठमाडौं । पूराना एक्सन नायक शिव श्रेष्ठले अभिनयमा खलनायकाको भूमिकामा देखिने भएका छन् । पछिल्लो समय चलचित्र निर्माणमा प्रवेश गरेका नव निर्माताहरुको एक समुहले श्रेष्ठलाई नेगेटिभ भूमिकामा उतारेर ‘एक्सन’नामक चलचित्र निर्माण गरिरहेका छन् । चिरायु फिल्मसको व्यानरमा दीपेन्द्र कोइराला र शर्मिला गुरुङद्वारा निर्मित यो चलचित्रमार्फत नायक श्रेष्ठ लामो समयपछि अभिनयमा देखिन लागेका हुन् । चलचित्रका निर्देशक राजु अर्याल रहेका छन् ।

चलचित्रमा श्रेष्ठका अलवा दीपेन्द्र कोइराला, प्रमोद दीप, जेनीषा केसी, रक्षा गुरागाईं, राज थपलिया, कसम गुरुङ, दिनेश घिमिरेलगायलते प्रमुख भूमिकामा अभिनय गरेका छन् । देशको बिग्रदो राजनीतिक अवस्था तथा बढ्दो भ्रष्टाचारको कथामा निर्माण भइरहेको यो चलचित्रमा श्रेष्ठले एउटा भ्रष्टाचारी मन्त्रीको भूमिका निर्बाह गरेका छन् । चलचित्रमा राजु अर्यालको गीत, प्रल्हाद बोगटीको संगीत, गोविन्द प्रभातको नृत्य, कुमार महर्जन द्वन्द्व रहेको छ ।

सम्बन्धित खबरहरु