अस्थायी चर्पी नबनाए जरिवाना

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

जनबोली/ सोलुखुम्बु । सोलुखुम्बुको मुक्ली गाविसभित्र जो कसैले विवाह, व्रतबन्ध, काजक्रियाजस्ता सामाजिक कार्य गर्दा मानिस भेला हुने स्थानमा अनिवार्य अस्थायी चर्पी बनाउनुपर्ने भएको छ । गाउँस्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति मुक्लीको शुक्रबार सम्पन्न बैठकले सामाजिक कार्यमा अस्थायी शौचालय अनिवार्य गरेको हो । त्यस्तो शौचालय नबनाई सामाजिक कार्य गरेमा त्यस्ता घरपरिवारलाई रु एक हजार ५०० जरिवाना असुल गर्ने पनि समितिले निर्णय गरेको सहजकर्ता पुष्प राईले जानकारी दिए ।

अस्थायी शौचालय नहुँदा जथाभावी पिसाव फर्ने गरेको पाइएकाले मानिसको जमघट हुने स्थानमा नै चर्पी निर्माण गर्नुपर्ने निर्णय गरेको उनले बताए । यही फागुन २९ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको सो गाविसमा अब १६ घरधुरीले चर्पी बनाउन बाँकी रहेको कारण उनीहरुलाई फागुण १५ गतेसम्मको समयसीमा समितिले दिएको छ ।

सम्बन्धित खबरहरु