‘दंगल’मा को हुन् आमिर खानकी छोरी ?

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

मुम्बई । एकपछि अर्काे गर्दै बक्स अफिसमा सुपरहिट फिल्म दिइरहेका बलिउड अभिनेता अमिर खानकी छोरीले संगै फिल्म खेल्न लागेकी छिन् ।

पहलवानको कथामा आधारित आमिर खानको चलचित्र ‘दंगल’मा छोरीले पनि खेल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दंगलमा आमिर एक जवान छोरीको बुबाको भुमिकामा देखिदैछन् । केही दिनपहिले दंगलमा अभिनेत्री कंगना रावत अमिरकी छोरी बन्ने भनिएपनि अहिले बलिउडकी अर्की अभिनेत्री तापसी पन्नू अमिरको छोरी बन्न लागेकी छिन् । उनले अमिरको जवान छोरीको भुमिका खेल्नेछिन् । यो चलचित्र प्रसिद्ध पहलवान महावीर सिंह फोगटको जिवनमा आधारित भएर निर्माण भइरहेको छ । महावीरकी छोरीले पनि कुश्ती खेलमा नाम कमाएकी  थिईन् । समुदायले विरोध गरेपनि महावीरले आफ्नो छोरीलाई पहलवान सिकाएका थिए ।

 

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७