को हुन बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका ब्वायफ्रेन्ड ?

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

मुम्बई । बलिउड ‘दबंग’ अभिनेत्री सोनाक्षी सिन्हा अहिले चलचित्र बजारमा चर्चामा छिन् । सोनाक्षीको चर्चा चलचित्रले नभई ब्वायफ्रेन्डको सम्बन्धको हो । धेरैले उनका ब्वायफ्रेन्ड बलिउडका उदाउदा अभिनेता अर्जुन कपुरलाई मान्छन् । तर उनका ब्वायफ्रेन्डको अझै पनि स्पष्टसंग पत्ता लाग्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, उनले ब्वायफ्रेन्ड अर्जुन कपुर नै भएपनि उनका एक्स ब्वायफ्रेन्ड पनि छन् । उनका एक्स ब्वायफ्रेन्ड हुन अभिनेता शाहिद कपुर । चलचित्र ‘आर राजकुमार’ शुटिङका क्रममा शाहिदसंग सोनाक्षी नजिकिएको जनाइएको छ । पछिल्लो समय यी दुई एक कार्यक्रममा संगै देखिएका छन् । खबर अनुसार उक्त कार्यक्रममा दुइटैले मज्जाले गफ समेत गरेका थिए । यसभन्दा पहिले पनि टेलिभिजन शो ‘कॉफी विद करन’ मा पनि शाहिद र सोनाक्षीबीच गफगाफ भएको कुरा चर्चामा आएको थियो । यद्यपी अहिले अभिनेत्री सोनाक्षी बलिउडका मोस्ट अट्रैक्टिव पर्सन अर्जुन कपुरसंग डेटिङ्गमा छिन् । शाहिद सोनाक्षीबीच जस्तोसुकै सम्बन्ध भएपनि रियल ब्वायफ्रेन्ड अर्जुन कपुर नै हुन् ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७