richa-chaddaमुम्बई । बलिउड अभिनेत्री रीचा चड्ढा घाइते भएकी छन् । सुधीर मिश्रको चलचित्र ‘और देवदास’ अभिनयका क्रममा उनी घाइते भएकी हुन् । जसको शूटिङ अहिले दिल्लीमा चलिरहेको छ ।

टु–ह्वीलर चलाउने अभिनय गर्दै गर्दा उनी लडेर घाइते भएको खबर बाहिरिएको हो ।

टु–ह्वीलर चलाउन नजान्ने रीचालाई यो चलाउन एकदिन प्राक्टिस गराइएको थियो । प्राक्टिसमा राम्रो गरेपनि शूटिङका समयमा भने उनी हडबढाएर लड्न पुगेकी थिइन् ।

रीचा घाइते भएपछि शूटिङ सेटमा सन्ननी मच्चिएको थियो । दुई दिनको आरामपछि रीचाले अहिले फेरि अभिनय जारी राखेको समाचारमा उल्लेख छ ।

घाइते भएको समाचार अभिनेत्री रीचाले समेत पुष्टी गरेकी छन् । ‘म टु ह्वील चलाउदै थिए । अचानक लड्न पुगे’ रीचाले भनिन् ‘मेरो अगाडि अचानक क्यामरा आइपुग्यो । उसलाई बचाउन ब्रेक लगाए । अनि लड्न पुगे ।’

घटनाले आफ्नो खुट्टामा गहिरो चोट लागेको उनले बताइन् । भनिन् ‘मैले अभिनय जारी राखेकी छु । त्यसैले होला मेरो दुखाई दिन प्रतिदिन बढ्दो छ ।’

चलचित्र ‘ग्याग्स अफ वासेपुर’बाट चर्चामा आएकी रीचाले केही पहिले आफ्नो मुटु दान गर्ने बताएकी थिइन् ।

‘और देवदास’ छायांकन सेटमा आउने पत्रकारस“ग कुराकानीका क्रममा दानको विषय बाहिर ल्याएकी हुन् । मुटु दान गर्न आफूले कसम खाएको समेत उनले खुलाइन् । (एजेन्सी)

सम्बन्धित खबरहरु