काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तान र वेष्ट इण्डिजबीचको खेलमा लज्जास्पद विश्व रेकर्ड बनेको छ ।
वेष्ट इण्डिज विरुद्ध पाकिस्तानले ३११ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो १ रन जोड्दा पाकिस्तानले आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको थियो । वान डे इन्टरनेशलनमा यती थोरै रनमा चार विकेट गुमाउने पाकिस्तान पहिलो टिम हो ।
यसभन्दा अघि यस्तो लज्जास्पद रेकर्ड क्यानडाको नाममा थियो । २००६ मा जिम्बाबेविरुद्ध क्यानडाले ४ रन जोड्दा ४ विकेट गुमाएको थियो । पहिलो ४ ओभरमा पाकिस्तानले ४ विकेट गुमाएर १ रन जोडेको थियो ।
यो सँगै शुक्रबारमात्र विश्वकपका सबै खेलकाबारे सार्वजनिक भएको भविष्यवाणी पनि विफल भएको छ । उक्त भविष्यवाणीअनुसार शनिबारको खेलमा पाकिस्तान विजयी हुने उल्लेख थियो ।
भारतीय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेको उक्त तस्वीरमा भारत विश्वकपको सेमिफाइनलमा पराजित हुने र अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले विश्वकपको ट्रफी उचाल्ने उल्लेख छ ।