९ फागुन, ओखलढुङ्गा । ओखलढुङ्गामा शुक्रबार साँझ घरको गारो भत्किँदा एक कामदारको मृत्यु भएको छ ।
मानेभन्ज्याङ–३ का होमबहादुर श्रेष्ठको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
स्थानीय होममाया श्रेष्ठको निर्माणाधीन घर निर्माणको क्रममा भत्किँदा सो घटना भएको हो ।
बसको ठक्करबाट महिलाको मृत्यु
सिरहाको चोहर्वास्थित भित्रि सडकमा स्कुल बसको ठक्करबाट गएराति एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुने महिलाको नाम र ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार ना ४ ख १११ नम्बरको सगरमाथा उच्च मावि मिर्चैयाको बसको ठक्करबाट महिलाको मृत्यु भएको हो ।
घटनापछि बसका चालक फरार भएको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।