दैलाको आग्लाले हानेर हत्या

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

सोलुखुम्बु । सोलुखुम्बुको गुदेल ४ चाचालुङमा दैलोको आग्लोले हानेर एक युवकको हत्या भएको छ । शुक्रबार राति गुदेल ७ मा छिमेकी क्षेत्रकुमार राईको घरमा मदिरा सेबन गर्न गएका सोहि गाबिस बडा नं. ७ निवासी २६ वर्षका किताबसिंह राई र उनका साथि छिरिङ राईबीच मदिराको नशा लाग्दै गएपछि बढेको विवादमा छिरिङले ढोका लगाउन प्रयोग गरिने आग्लो किताबसिंहको टाउको माथि ४ पटक प्रहार गरेका थिए ।

आग्लो प्रहारबाट राईको घटनास्थलमै मृतयु भएको ईलाका प्रहरि कार्यालय सोताङले जनाएको छ । आग्लो प्रहार गरि फरार रहेका छिरिङ राईलाई भने गुदेल ९ नाम्लुङ्गको जंगल प्रबेश गर्ने क्रममा प्रहरी नायब निरिक्षक रामकाजि थापा नेतृत्वको टोलीले प्रक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यसअघि किताबसिंहले छिरिङ्गमाथि गरेको कुटपिटको बदला लिन मादक पदार्थ सेवन गरी राईको  हत्या गरेको खुलेकोे छ । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि आजनै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु चलान गरिने ईलाका प्रहरि कार्यलय सोताङ्गका प्रहरी निरिक्षक सुवास राईले जानकारी दिए । मृतक किताबसिंह राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पाताल फाप्लु पठाईएको निरिक्षक राईले बताए ।

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७
तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७