बलात्कारपछि छ वर्षीया बालिकालाई निर्बस्त्र सडकमा फालियो

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

जनबोली/ बारा ।  बारामा फेरि एक बालिका बलात्कृत भएकी छिन् । शनिबार बिहान अचेत अवस्थामा निर्बस्त्र भेटिएकी बालिका बालात्कृत भएको पुष्टि भएको छ । उनी शुक्रबार साँझ घरबाट हराएकी थिइन् । बलात्कृत बालिकाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा लगिएको छ । सरलाको नेशनल मेडिकल कलेजको सघन कक्षमा राखेर उपचार भइरहेको छ । शनिबार साँझ सम्म उनको होश खुल्न सकेको छैन। कलैया नगरपालिका वडा नम्बर ८ मदर्शा टोल निवासी रमेश कुमार ९नाम परिवर्तन० की ७ वर्षीया छोरीको बलात्कार भएको हो । शुक्रबार साँझ देखि हराएकी भएकी सरला कलैया नगरपालिका वडा नम्बर ६ स्थित श्री त्रिचन्द्र उच्च माबिसँगैको सडक छेउको खाल्डोमा शनिबार बिहान निर्वस्त्र र अचेत अवस्थामा फेला परेकी हुन् ।

सम्बन्धित खबरहरु