जनबोली/९ फागुन, काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सके सहमति नभए प्रक्रियाबाटै संविधान जारी गर्ने स्पष्ट पारेका छन् ।
भानुभक्त उच्च माबि इलाम र लायन्स मनराम प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा खनालले केहि शक्ति अहिले पनि संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको भन्दै उनीहरुको षड्यन्त्र पुरा नहुने बताए ।
एकीकृत माओवादीसहितका केहि दलले संविधानसभा छाडेर आन्दोलनको घोषणा गर्नुले उनीहरुले संविधानसभाबाट भाग्न खोजेको प्रष्ट भएको बताए ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले संविधान निर्माणको लागि गम्भिर हुन दलहरुलाई आग्रह गरे । तोकीएको मितिमा संविधान निर्माण हुन नसक्दा जनतामा निराशा बढेको भन्दै उनले दलहरुबीच संवाद, वार्ता र सहमतिबाटै मुलुकले निकास पाउने पनि बताए ।
कार्यक्रममा लायन्स मनराम प्रतिष्ठानका अध्यक्ष रामबहादुर श्रेष्ठले भानुभक्त उच्चमाविको लागि दश थान कम्प्यूटर, प्रोजेक्टरसहित खेलकुुदका सामाग्री प्रदान गरेका थिए ।