चर्चित बन्दै कटवालको हास्य गीति संग्रह “के छ ए सालि” (भिडियो सहित)

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ९ फाल्गुण, २०७१

पूर्वी पहाडकी रानी खोटाङको लफ्याङ गाविस (हाल दिक्तेल नगरपालिका) मा जन्मिएका प्रेम बहादुर कटवालले संगितको दुनियाँमा नौलो आयाम थपेका छन् । नेपाली सांगितिक दुनियाँको खुल्ला आकाशमा कटवालको विल्कुलै हास्य लोक दोहोरि एल्वम सार्वजानीक भएको छ । अम्बिका म्युजिक प्रालिको प्रस्तुतीमा के छ ए साली हास्य लोक गितमा कटवालले चर्चित हास्य कलाकारको अभिनयमा म्युजिक भिडियो पनि प्रस्तुत गरेका छन् ।

म्युजिक भिडियोमा चर्चित हास्य श्रृङखलाका कलाकार समावेश गरिएको छ । कटवालको शब्द र लयमा निमार्ण गरिएको उक्त गीति संग्रहमा चर्चित गायकद्धय प्रकाश कटुवाल र देवी घर्तिको स्वर सुन्न सकिन्छ । म्युजिक नेपालको सामाजिक सञ्जाल च्यानलमा पहिलो पटक सार्वजानीक गरिएको एल्वमको प्रवद्र्धनात्मक सामाग्रि हेर्ने दर्शकहरुको संख्या पनि ह्वात्तै बढेको छ । साथै छोटो समयमा नेपाली सञ्चार माध्यमहरुको पनि पहिलो रोजाई बन्न सफल भएको छ ।

10277745_4900046795679_6900264889198137701_n

आर्थिक उपार्जनका लागि कुवेतमा संघर्षरत भएरपनि नेपाली सांगितिक दुनियाँमा एउटा इटा थप्ने प्रेमबहादुर कटवालको यो प्रयास त्यसैमा पनि प्रशंसनिय छ । कटवाल खोटाङ्ग कुवेत सम्पर्क मञ्चका प्रथम उपाध्यक्ष, साथै लाली गुरास सांस्कृतिक परिवार कुवैतमा पनि आवद्ध छन् । कुवेतमा अलपत्र परेका नेपाली होस् या स्वदेशमा विपक्ति पर्दा सहयोग गर्न पछि नहट्ने कटवाल त्यहाँ सामाजिक सेवाको क्षेत्रमा चर्चित छन् ।10945570_10200168395649285_3527977495458253581_n

सम्बन्धित खबरहरु