Asghar Stanikzai

जनबोली/१० फागुन, काठमाडौ । विश्वकप क्रिकेटमा श्रीलंकाले एशोसिएट्स नेशन अफगानिस्तानविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।

विश्वकपमा पहिलो जित हात पार्ने क्रममा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले पराजित गर्‍यो । डेब्यू वन डे विश्वकपमा अफगानिस्तानको यो लगातार दोस्रो हार हो ।

आइतबार अफगानिस्तानले दिएको २३३ रनको लक्ष्य श्रीलंकाले माहेला जयबर्धनेको शतकको मदतमा अन्तिम १० बल बाँकी छँदा ६ विकेट गुमाएर छँदा भेट्टायो ।

यसअघि युनिभर्सिटी ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले असगर स्टानिक्जाईको अर्धशतको मदतमा ४९.४ ओभरमा सबै विकेट गुमाएर २३२ रन बनाएको थियो ।

index

यसअघि युनिभर्सिटी ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले असगर स्टानिक्जाईको अर्धशतको मदतमा ४९.४ ओभरमा सबै विकेट गुमाएर २३२ रन बनाएको थियो ।

तेस्रो विकेटका लागि समिउल्लाह सेनवारीसँग ८८ रनको साझेदारी गरेका असगरले ५४ रन बनाए । सेनवारीले ३८ रनको योगदान दिए ।

त्यसैगरी आजको दोश्रो खेलमा अहिले भारत र दक्षिण अफ्रिकाबिच प्रतिष्पर्धा भईरहेको छ । टस जितेर पहिले व्याटिङ रोजेको भारतले सन्तोषजनक प्रर्दशन गरेको छ ।
पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत र जिम्बाबेलाई हराएको दक्षिण अफ्रिकाविचको यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

लाईभ खेल हेर्न यहाँ क्लिक गर्नुहोला ।

सम्बन्धित खबरहरु