Simara-Ma-Malpot-Ko-Andolan-06-Fagun-Bara-2-650x330

जनबोली/१० फागुन, काठमाडौ । मालपोत र नापी कार्यालय विस्तार गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै बाराको सिमरामा सुरु भएको आन्दोलन चर्कदै गएको छ ।

नापी र मालपोत कार्यालय सिमरामा पनि राख्नुपर्ने माग गर्दै आइतबार बिहान भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फका एक दर्जन बढि घाइते भएका छन ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडक बन्द छ ।

बजार, पसल, विद्यालय, कलकारखाना पनि ठप्प छन । सदरमुकाम कलैयावासीले आन्दोलन फिर्ता लिएलगत्तै सिमराबासीले आन्दोलन सुरु गरेका हुन् ।

aago

मालपोत र नापी कार्यालय विस्तार गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा सिमरावासी आन्दोलित भएका छन ।

एक सातादेखि सिमराबजारमा तनाव कायमै छ । कलैयावासीको आन्दोलनपछि सरकारले मालपोत र नापी कार्यालय सिमरा सार्ने निर्णय फिर्ता लिएको थियो ।

सम्बन्धित खबरहरु