mahendrabahadur_20140721090332

जनबोली/१० फागुन, काठमाडौ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मार्चो वार्तामा बस्न नआए संविधान निर्माण प्रक्रिया अघि बढाउने स्पष्ट पारेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले पटक–पटक वार्तामा बोलाउँदापनि विपक्षी दल वार्तामा बस्न नआएकोले अब पनि वार्तामा बस्न ढिलासुस्ती गर्ने हो भने आफूहरु प्रक्रियाबाटै संविधान जारी गर्ने पक्षमा रहेको बताए ।

मन्त्री पाण्डेले विपक्षी दलले संविधान बनाउन नचाहेको आरोेप लगाउँदै भने–“प्रधानमन्त्रीले दुई पटकसम्म लिखित आग्रह र पटक पटक मैखिक आग्रह गर्दा पनि वार्तामा नआउने दललाई कुरेर समय फाल्न सकिँदैन ।”

सहमतिकै आधारमा संविधान जारी गर्नका लागि संविधानसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको बताउँदै मन्त्री पाण्डेले आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरे ।

सम्बन्धित खबरहरु