जनबोली/१० फागुन, काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुमाथि भौतिक आक्रमण हुने सक्ने आशंका सहितको अभिव्यक्ति दिएकोप्रति गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति निकालेर पूर्व प्रधानमन्त्री एवं व्यवस्थापिका संसदमा विपक्षी दलका नेताको सुरक्षा संवेदनशीलताप्रति सरकार पूर्ण सजक रहेको जनाएको छ ।
प्रचण्डलाई अहिले पनि उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको भन्दै गृह मन्त्रालयले उनको सुरक्षाको बारेमा विश्वस्त हुन सबैमा अनुरोध पनि गरेको छ ।
प्रचण्डले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफुलाई सुरक्षा खतरा रहेको बताएका थिए ।