प्रेम प्रस्तावक नै सामूहिक बलात्कारका नाइके

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १० फाल्गुण, २०७१

धनगढी । ′बल्ल खोजेको केटो भेटियो′ मनमा कुरा खेल्न सुरु भएको केही दिनमै उनी सामूहिक बलात्कारको सिकार भइन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाकी १९ वर्षीया उनको पहिलो प्रेम प्रस्तावक नै त्यसका नाइके भएको खुल्यो । फोनबाट पहिलो सम्पर्क बढाएका छिमेकी गाउँ विकास बस्तीका गोविन्द रानाले महिना दिनअघि स्थानीय बजारमा उनीसँग पहिलोपटक भेटेका थिए । आफ्नो वास्तविक परिचय लुकाएर उनी राजेशको नामबाट परिचित भएका थिए । ′धनगढीमा घर र व्यापार गर्छु भनेको थियो, यता विकास बस्तीमा आफन्तको घरमा आउँछु भन्थ्यो,′ सेती अञ्चल अस्पतालमा उपचाररत पीडित युवतीले भनिन्, ′८/१० दिनपछि भएको दोस्रो भेटमा उसले प्रेम प्रस्ताव राख्यो, मैले कुनै जवाफ फर्काएकी थिइनँ ।′

निकै हँसिलो र फूर्तिलो जीउडालको गोविन्दप्रति आकषिर्त हुन थालेकी थिइन् उनी । ′आइतबार बिहान नजिकैको विवाहको घरमा गएकी थिएँ । ब्यान्ड टोलीका सदस्यमा उसलाई देखें, खुसी लागेको थियो । बिहे सकिएपछि साँझ नाचगान चल्यो, सबै रमाइरहेका थियौं । राति करिब ११ बजेतिर उसले काम छ भन्दै नजिकैको बाटोमा बोलायो,′ उनले आँसु झार्दै भनिन्, ′म पनि सँगै रहेकी साथीलाई छाडेर गएँ, एक्लै जानु नै महाभूल भयो ।′ आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु