school१० फागुन, सल्यान । सल्यानको घुइँयाबारीको एक विद्यालय बाढीले बगाएको एक वर्षसम्म पनि भवन निर्माण हुन नसक्दा विद्यार्थीहरु खरको छानो मुनीको टहरोको बलौटे भुइँमा बसेर पढ्न बाध्य छन् ।

बाढीले बगाएको ठाउँमा अहिले सम्म भवन बन्न नसक्दा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय घुइँयाबारीका बालबालिका बलौटे भुइँमा बसेर पढन बाध्य छन् । टहरो बनाए पनि भत्किएको र छानाबाहेक चारैतिर खुल्ला भएकाले हावा लाग्दा बालबालिका बालुवाले छोपिने गरेका छन् । जसका कारण उनीहरुको पठनपाठन प्रभावित भएको छ ।
अभिभावकको सहयोगमा बनाएको टहरो टिकाउ नहुँदा हुरीबतासले बालबालिकाको शरीर सधैंजसो बालुवा ढाक्छ । हावाहुरीका कारण कहिलेकाही बिद्यालय बन्द गर्नु पर्ने अवस्था आउने प्रधानाध्यापक कृष्ण घर्ति बताउँछन् । साताअघि आएको हुरीले टहरो ढलमल अवस्थामा हुदा र फर्निचर नहुदा १ देखि ५ सम्मका बालबालिकाले कष्ट भोग्दै आएका हुन ।

जिल्ला शिक्षा कार्यालयले दुइृ वटा भवन दिएको छ तर जग्गामा सहमती नहुँदा अहिले सम्म बन्न नसक्दा सास्ती भोग्नु परेको छ । जग्गा छनौट कार्य अन्यौलमा परेकाले समस्या भएको छ । भबनको नभएकै कारण शिक्षकलेृ पढाउने जागर लगाउँदैनन । कहिले कोही र कहिले कोही नहुँदा बालबालिकाको पढाई अस्तब्यस्त छ ।

पूर्वार्धार नहुँदा विद्यालय नियमित संचालन हुन सकेको छैन । विद्यालयमा ६ सय ५० विद्यार्थी छन् । तर विद्यालयमा जम्मा ४ जनाजति मात्र उपस्थित हुन्छन् । बाढीले ठुलो क्षती हुदा पनि सरकारले ध्यान नपुर्याउँदा आफूहरु ठुलो समस्यामा परेको र बिद्यालयको पढाई अस्तब्यस्त भएको शिक्षक गोकर्ण राना मगरले बताए ।

बारम्बार सहयोग माग गर्दा पनि कसैले चासो नदिएकोमा उनले गुनासो गरे । शिक्षाले दिएको भबन समेत बन्न नसक्नुमा स्थानीय दलको कमजोरी रहेको उनको आरोप छ । टहरो बबई नदीको किनारमा हुँदा हावाचल्ने र पानी परेमा धरधरी चुहिने समस्याले विद्यार्थी र शिक्षक सवैलाई पिरोलेको छ ।

साउन २९ गते राती बबई नदिमा आएको बाढीले विद्यालयको दुर्इ कोठे २, जिविसले बनाएको चारकोठे १, बालबिकासको १, गाविसबाट बनाउदै गरेको १ गरि पाँच भवन, तीन शौचालय, सम्पूर्ण फर्निचर, शैक्षिक सामग्री बगाएको थियो । बाढीले विद्यालयको ४० लाख भन्दा बढिको क्षति भएको थियो ।

सम्बन्धित खबरहरु