fifty shades of greyएजेन्सी । फ्रेबु्रअरी १४ अर्थात भ्यालेन्टाईन डेको दिन पारेर रिलिज भएको फिल्म ‘फिफ्टी शेड्स अफ ग्रे’ हेर्नेका लागि महिलाहरुका दुई समूहबीच झडप भएको छ ।

इङल्याण्डको बार्नस्लेको पार्कवे सिनेमाघरमा उक्त घटना भएको हो । उपन्यासमा आधारित यो फिल्मको रोमान्चक समयमा पुगेकपछि केही मानिसहरुले हंगामा सुरु गरेका थिए ।

यो हंगामाले उग्ररुप लिएपछि पर्दाबाट आउने आवाज बन्द गरिएको थियो भने अन्य थुपै्र दर्शकले फिल्म पूरा हेर्न पाएनन् । डेली मेलका अनुसार फिल्म चलिरहेको समयमा केही महिलाहरुले ठूलो स्वरमा कुरा गर्ने र हाँस्न सुरु गरेपछि यस्तो घटना घटेको हो ।

सम्बन्धित खबरहरु