463940972

जनबोली/१० फागुन, काठमाडौ ।  अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिसुमा भएको बम बिस्फोटमा चार जना सांसदसहित अन्य २० जनाको मृत्यु भएको छ ।

सोमालियाको एक होटलमा धमाका हुँदा उनीहरु मारिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । होटलमा ठूला दुई बिस्फोट भएको समाचारमा जनाइएको छ ।

आक्रमणकारीहरुले होटल नजिकैको मस्जिदमा पनि हमला गरेको अधिकारीहरुले जनाएका छन् । घटना पछि सुरक्षावलले शहरलाई चारैैतिरबाट सुरक्षा घेरा हालेका छन् ।

घटनाको चरमपन्थी संगठन अलसबाबले जिम्मेवारी लिएको छ । सत्ताकब्जाका लागि सरकारसँग अलशबाबले संघर्ष गरिरहेको छ ।

सम्बन्धित खबरहरु