sujata koiralaजनबोली/१० फागुन, काठमाडौ । दोस्रो संविधान सभाको निर्वाचनका बेला असहयोग गरेका नेता तथा कार्यकर्ताहरु माथीको कारवाहीका बारेमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कारवाहीका लागि अनुशासन समितिले गरेको निर्णयमा पुनरावलोकन गर्न भन्दै परेका निवेदनहरु माथी पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन ।

पार्टीको अनुसाशन समितिले काँग्रेस नेतृ सुजाता कोईराला सहितका नेताहरुलाई कारवाहीको निर्णय गरेको छ भने प्रधानमन्त्री शुसिल कोईरालाले सवैलाई आम माफि दिने तयारी गर्नु भएको छ ।

तर अधिकांश केन्द्रीय सदस्यहरु भने दोषीलाइ उन्मुक्ति दिन हुन्न भन्ने पक्षमा रहेकाले सजिलै आम माफी हुने संभावना पनि न्युन रहेको एक नेताले जानकारी दिएका छन ।

बैठकमा संविधान निर्माणका लागि पार्टीले अव खेल्नु पर्ने भुमिका, सरकारका काम कारवाही लगाएतका विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

सम्बन्धित खबरहरु