विश्वको सबैभन्दा कुरुप कण्डम

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १० फाल्गुण, २०७१

सायद जन्मान्तर कायम गर्ने तथा यौनरोगबाट बचाउने नयाँखाले कण्डमको निर्माण गर्न सहयोग मागेको भए अमेरिकी अर्बपति तथा दानी विल गेट्सले लाखौँ डलर दिन्थे होला । तर चीनका विद्यार्थीहरुले भने विल गेट्स सँग दान नमागीकनै एउटा महत्वाकांक्षी परियोजना सुरु गरेका छन् । उनीहरुले यस्तो अनौठो कण्डमको उत्पादन गर्दैछन् जो विश्वको सबैभन्दा कुरुप कण्डम मात्र हुनेछैन, अहिलेसम्मकै सुरक्षित तथा असजिलो कण्डम समेत हुनेछ । चीनको ग्वांग्जाउ प्रान्तस्थित सायथ मेडिकल विश्वविद्यालयकी छात्रा कोंग योंगजियाङले डिजाइन गरेको इरोज प्रोटेक्टर नामको अनौठो कण्डमको व्यवसायिक उत्पादनका लागि उनी सहितका अन्य इन्जिनियर सहपाठीहरु जुटेका छन् । उनीहरुले यो परियोजनाका लागि लगानीकर्ता समेत फेला पारिसकेका छन् । युझेंग इन्भेस्टमेन्ट म्यानेजमेन्ट लिमिटेडले उक्त कण्डम परियोजनाका लागि ३ लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ ।

र्झलक्क देख्दा यो कण्डम कट्टुमा जोडिएको कण्डम जस्तै देखिनेछ । यौन सम्पर्कका लागि लिंगमा लगाउने कण्डम त हुनेनैछ, त्यसका साथै अण्डकोष छोप्ने झोली समेत हुनेछ र त्यो पेन्टीमा जोडिएको हुनेछ ।

यो कण्डमको डिजाइनरकर्ता छात्राका अनुसार यसले केवल जन्मान्तर तथा यौन सम्पर्कबाट हुने यौन संक्रमित रोगबाट बचाउने मात्र नभै अन्य विभिन्न खाले सरुवा रोगको जोखिमबाट बचाउने बताए । यो कण्डमको अर्को विशेषता के भने यसको बाहिरी तथा भित्री भागमा विशेष चिनिया जडिबुटीको लेपन समेत लगाइएको छ । जसले महिलाको गुप्तांगमा अम्लिय सन्तुलन मिलाउन सहयोग गर्छ ।

सम्बन्धित खबरहरु