यो संसार मानिसका विविध संस्कृतिको चिडियाघर पनि हो । यहाँ असंख्य संस्कार भएका मानिस बस्छन् । यिनीहरुको संस्कार अन्यलाई विचित्रको लाग्छ । विवाह गर्ने संस्कार पनि विभिन्न समुदायमा विचित्रकै छन् । यहाँ हामीले केही अनौठा बिहे संस्कारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :

मलेसियाको एक समुदायमा निकै अनौठो बिहे संस्कार छ । उक्त परम्परा अनुसार बिहेको ७२ घण्टासम्म शौचालय जान पाइँदैन । सामाजिक मान्यता अनुसार यसरी शौचालय जान बन्देज लगाउने चलनले गर्दा वर बधुमा भविष्यमा सहने शक्तिको वृद्धि हुन्छ ।

जसले धेरै समयसम्म ट्वाइलेट जानबाट आफुलाई रोक्न सक्यो उसको भविष्य उत्ति नै उज्वल हुने मान्यता रहिआएको छ । डेनमार्कमा पनि विचित्रकै बिहे संस्कार छ ।

त्यहाँ बिहेका बेला दुलाहा दुलही दुबैले लगाएका मोजाको अघिल्लो भाग च्यातिदिने चलन छ । यसरी मोजा च्यातेर औँला देखाइदिनुको अर्थ के रहेछ भने अब ती दुइ वर बधुको जिन्दगीका एक अर्का बाहेक अरु कुनै महिला पुरुषको लागि ठाउँ छैन ।

अमेरिकाका केही अफ्रिकी मूलका मानिसहरुमा पनि अचम्मकै बिहे संस्कार रहेको पाइन्छ । बिहे सम्पन्न भएपछि बेहुला बेहुलीले काठको लौरो नाघ्ने चलन छ । दुइ जना मानिसले दुइ छेउँबाट लट्ठी समातेका हुन्छन् र सोही लट्ठीलाई बेहुला बेहुलीले एकैचोटी उफ्रेर नाघ्छन् ।

अफ्रिकामा बिहेका लागि युवतीलाई मोटी बनाउने चलन छ । छोरी पाँच वर्षकी भए देखिनै मोटी बनाउन बाबु आमा कस्सिन्छन् । अफ्रिकाका केही आदिवासी समूदायमा रहेको यो संस्कार अन्तरगत मोटी युवतीलाई लच्छिनको प्रतिकका रुपमा लिइन्छ ।

मेक्सिकोमा पनि एउटा अनौठो संस्कार छ । जहाँ बिहेको दिन दुलहीलाई सहरका गल्लीमा पैदलै घुमाइन्छ । रुसमा बिहेको कुरा चलाउन जाँदा खेरि नै बैना गर्नुपर्ने चलन छ । बिहे अघि केटाले केटीसँग भेट्दा केही पैसा दिनुपर्छ, पैसा दिएर मात्र हुँदैन । केटीपक्षले केटालाई केही समस्या दिन्छन् । ती समस्या समाधान गरेपछि मात्र केटाले केटी भेट्न पाउँछ ।

सम्बन्धित खबरहरु