यौनसँग जोडिएका केही काम लाग्ने तथ्य

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १० फाल्गुण, २०७१

हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :

कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ । टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।

वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ । सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ । सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।

एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ । वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७