एजेन्सी । पुरुषको गोप्य अंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर यो अंगका बारेमा केही त्यस्ता गम्भीर विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ । गोप्य अंगबारेका ५ रोचक तथ्य यस्ता छन् ।


गोप्य अंग भाँचिन सक्छ गोप्य अंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर यो अंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामान्य अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी शरीरको अरु भागमा हुँदैन । संसर्गकाका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । शारिरीक सन्तुष्टि पाउने क्रियाका बेला मात्र होइन गोप्य अंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत गोप्य अंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।

बढि चिसो पानी गोप्य अंगका लागि शत्रु नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले गोप्य अंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु गोप्यअंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।

गोप्य अंगको आफ्नै मस्तिष्क हुन्छ यो कुरा अपत्यारिलो लाग्नसक्छ । गोप्य अगंको पनि आफ्नै दिमाग होला ? किन नहुनु । यस्तो दिमाग गोप्य अंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल गोप्य अंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग गोप्य अंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले गोप्य अंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले गोप्य अंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।

सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब गोप्य अंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा गोप्य अंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको गोप्य अंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।

गोप्य अंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको गोप्य अंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने, कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।

सम्बन्धित खबरहरु