Malaga-vs-Barcelona-2014-Preview१० फागुन, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा मालागासँग अप्रत्यासित हार ब्यहोरको छ ।

शनिबार राति भएको खेलमा मागालाले बार्सिलोनामाथि १–० को जित निकालेको हो । हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

नाउ क्याम्पमा बार्सिलोनाको यो सिजनको दोस्रो हार हो । यसले च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीसँग खेल्नुअघि उसको ११ खेलको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिृलोनाले सातौं मिनेटमा नै गोल खाएको थियो । ड्यानी अल्भेसको गल्तीको फाइला उठाउँदै मालागाका लोपेजले गोल गरेका हुन् ।

सम्बन्धित खबरहरु