काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबारको समूह बी को खेलमा भारतले दक्षिण अफ्रिकालाई जितका लागि ३०८ रनको चुनौति दिएको छ ।
मेलबर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०७ रन बनाएपछि दक्षिण अफ्रिकाले सो चुनौति पाएको हो ।
भारतलाई बिशाल योगफलतर्फ दोहोर्याउन ओपनर शिखर धवनले सर्वाधिक १३७ रनको पारी खेले । यसैगरी अजिन्क्या रहानेले ७९, विराट कोहलीले ४६, कप्तान महेन्द्रसिंह धोनीले १८ रन बनाए ।
दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले २ तथा डेल स्टेन र इमरान ताहिर १–१ विकेट लिएभने भारतका दुई जना ब्याट्सम्यान रनआउट भएका थिए ।