CPN_UML_officeजनबोली/१० फागुन, काठमाडौ । कार्यविभाजनका विषयमा संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति हुन नसकेका कारण बैठक फेरि स्थगित भएको हो । आइतबार बस्ने भनिएको एमाले स्थायी समितिको बैठक स्थगित भएको छ ।

बैठकमा दश प्रतिशत केन्द्रिय सदस्य मनोनयन र कार्य विभाजनको टुंगो लगाउने तयारी थियो ।

केन्द्रिय सदस्य मनोनयन र कार्य विभाजनको विवाद चर्कदै गएपछि स्थगित भएको बैठक आइतबार पनि बस्न नसकेको हो ।

एमालेमा एक पद एक जिम्मेवारीको नीति कार्यान्वयन गर्नुपर्ने मागसँगै संस्थापन पक्ष र नेता नेपाल पक्षबीच कुरा नमिल्दा समस्या भएको हो ।

सम्बन्धित खबरहरु