1जनबोली/१० फागुन, काठमाडौं । लामो दुरीका अल्ट्रा म्याराथन धावक एवं किर्तिमानी आरोही संजय पण्डितलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राष्ट्रिय झण्डा र हिउँ बन्चरो प्रदान गरेका छन् ।

सात महादेशका सातै उच्च शिखर आरोहण गर्ने लक्ष्य लिएका पण्डितले फाल्गुण १० देखि दक्षिण अमेरिकाको सर्वोच्च शिखर माउण्ट अकाङगुवाको आरोहण शिलशिलामा त्यसतर्फ जान लागेका पण्डितलाई उप–प्रधानमन्त्री गौतमले राष्ट्रिय झण्डा र हिउँ बन्चरो प्रदान गदै शुक्रवार बिदाई गरेका हुन ।

2

सिंहदरवार स्थित गृह मन्त्रालयमा भएको बिदाई कार्यक्रममा उप–प्रधानमन्त्री गौतमले आफ्नो ज्यान जोखिममा राखी कठिन कार्यबाट राष्ट्रको नाम उच्च बनाउने पण्डितको आकांक्षालाई आफुले सदैव सहयोग गर्ने बताए । उनले बिगतमा पनि राज्यबाट उचित सम्मान हुदै गरेको पनि स्मरण गराए । सो अवसरमा सभासद् हिरावहादुर केसी तथा पुर्व सभासद् बिरबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

पण्डितले यस अघि एशिया, अफ्रिका, युरोप तथा अष्ट्रेलियाको उच्च शिखरमा किर्तिमानी आरोहण गरिसकेका छन् ।

सम्बन्धित खबरहरु