जनबोली/१० फागुन, कञ्चनपुर। एमाले कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले भने सबै विषयमा सहमति नजिक पुगेर माओवादी अन्तिम घडीमा सहमतिबाट पछि हट्यो ।
एमाओवादीले सहमति भन्ने तर सहमति गर्नै नचाहेको जिकिर गर्दै एमाले नेता माधब कुमार नेपालले चाहना पूरा हुने बेला एमाओवादी बेहोस हुने बताए।
सहमति पालना नगर्ने प्रवृत्ति एमाओवादीले देखाउँदै आएको भन्दै उनले सबैले जिम्मेवार भूमिका निभाउन जरुरी हरेको बताए ।
पछिल्लो समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले भेटेर पनि आन्दोलनको चक्रब्यूहमा नफस्न आग्रह गरेको उनले सुनाए ।
धेरै विषयमा सहमति भइसकेको बताउँदै जेठ १५ गते गणतन्त्र दिवसका दिन संविधान जारी गर्न सकिने धारणा राखे । उनले सङ्घीयताका विषयमा पनि सहमतिबाटै समाधान खोज्नुपर्ने बताए । रासस