शिक्षाशास्त्र नपढेकाले पनि शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) लिन पाउने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ फाल्गुण, २०७१

काठमाडौ । सरकारले शिक्षा मन्त्रालयको प्रस्तावमा शिक्षक सेवा आयोगको नियमावली संशोधन गरी शिक्षाशास्त्र नपढेकाले पनि शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) लिन पाउने व्यवस्था गरेको छ । नियमावलीमा विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङ, पशुपालन र बालीविज्ञान विषय अध्ययन गरेकाहरूले समेत शिक्षक लाइसेन्स लिन पाउने व्यवस्था गरेको हो । यसअघि शिक्षाशास्त्र पढेका वा दसमहिने शिक्षक तालिम लिएकाले मात्र स्थायी लाइसेन्स लिन पाउँथे । २०५९ सालबाट लागू भएको लाइसेन्सको व्यवस्था भएको हो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु