fararमोरङ । विराटनगरस्थित गजलक्ष्मी सहकारी संस्थाका संचालकहरू बचतकर्ताहरूको तीन करोडभन्दा बढी रकम लिएर फरार भएका छन् । तीन दिनदेखि संस्थामा ताला लागेको छ ।

संचालकहरू सम्पर्कमा नभएको भन्दै वचतकर्ताले जिल्ला प्रसासन कार्यालय मोरङमा कारवाही माग्दै उजुरी दर्ता गराएका छन् ।

सस्थाको कार्यालयमा ताला लगाई संञ्चालक समितिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष दिपेश शाक्य र सचिव नारायण श्रेष्ठलगायतका पदाधिकारी सम्पर्क वाहिर छन् ।

बचतकर्ताको रकम लिएर संचालकहरु फरार भएको पीडित रञ्जन मुर्खजीले वताइन् । उनले आफनो ३० हजार जम्मा गरेकी थिइन् ।

संस्थामा १ हजार २ सय बचतकर्ताहरुले रकम जम्मा गर्दै आएका थिए । सवै वचकर्ताहरु सञ्चालक भागेको हल्ला सुनेपछि कार्यालय पुगेका थिए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु