ganesh thapaकाठमाडौ । लेखा समितीको निर्देशनमा अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघको आर्थिक क्रियाकलापमा भ्रष्टाचार नभेटिएको भन्दै अध्यक्ष गणेश थापालाई सचेत मात्रै गराएको छ ।

अख्तियारले एन्फामा आर्थिक नियमावली कार्यान्वयन गर्न नसकेको भन्दै सचेत गराउने निर्णय गरेको हो । सोही विषयमा राष्ट्रिय खेलकुद परिषदको पनि ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

′उजुरीलाई तामेलीमा राख्ने निर्णय भएको छ′ आयोगले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ′थप प्रमाण प्राप्त भए अनुसन्धान अघि बढ्ने छ ।′

अख्तियारले खेलाडी कल्याण कोष सञ्चालनका लागि कार्यविधि बनाउन, आर्थिक विनियमावली बनाई लागू गर्न, घर तथा सवारीसाधन भाडामा लिदा प्रतिस्पर्धात्मक विधी लागू गर्नपनि निर्देशन दिएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु