cpn umlकाठमाडौ । प्रमुख नेताहरूको विवादका कारण महाधिवेशन सकिएको ८ महिना भइसक्दा पनि एमालेले केन्द्रिय समितिलाई पूर्णता र नेताहरुलाई नयाँ जिम्मेवारी दिन सकेको छैन ।

मनोनयन र कार्यविभाजनकै एजेण्डामा छलफलका लागि बोलाइएको स्थायी समितिको बैठकसमेत पर सरेको सर्यै छ । विवाद नमिलेकाले आइतबार बोलाइएको स्थायी समिति बैठक पनि नेतारुको कार्यव्यस्तताको कारण देखाउदै मंगलबारसम्मका लागि स्थगित भयो ।

नेताहरु सबै उपस्थित हुने अवस्था रहेन त्यसैले मनोनयनलगायतका एजेण्डामा छलफल भएनु स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने, ′अब आउदो बैठक (मंगलबारं) यो बिषयमा छलफल हुन्छ, अब धेरै लम्बिदैन ।′

प्रमुख नेताहरुले मनोनयन गर्ने व्यक्ति र कार्यविभाजनका लागि गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

विधान अनुसार केन्द्रिय र बैकल्पिक गरी १५ जना केन्द्रिय सदस्य मनोनयन गर्न बाँकी छ । १० जना पूर्ण र ५ जना बैकल्पिक केन्द्रिय सदस्यका लागि प्रमुख नेताहरुले आ-आफू निकट व्यक्तिहरु अघि सार्न थालेपछि विवाद चुलिएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु