विश्वकप क्रिकेट : दक्षिण अफ्रिका पराजित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ फाल्गुण, २०७१

South Africa v India - 2015 ICC Cricket World Cupजनबोली/१० फागुन, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबारको समूह बी को खेलमा डिफेण्डिङ च्याम्पियन भारतले दक्षिण अफ्रिकालाई १३० रनले पराजित गरेको छ ।

भारतले दिएको ३०८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४०.२ ओभरमा १७७ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले सर्वाधिक ५५, एबी डे भिल्लर्संले ३०, हासिम अमला र डेभिड मिल्नरले समान २२ रन बनाए । अन्य ब्याट्यम्यानहरुले भने दोहोरो अंकको स्कोर गर्न नसक्दा दक्षिण अफ्रिका पराजित भएको हो ।

भारतका रविचन्द्रन आश्विनले ३, मोहम्मद सामी र मोहित शर्माले समान २–२ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।

यसअघि मेलबर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०७ रन बनाएको थियो ।

भारतलाई बिशाल योगफलतर्फ डोहो¥याउन ओपनर शिखर धवनले सर्वाधिक १३७ रनको पारी खेले । यसैगरी अजिन्क्या रहानेले ७९, विराट कोहलीले ४६, कप्तान महेन्द्रसिंह धोनीले १८ रन बनाए ।

दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले २ तथा डेल स्टेन र इमरान ताहिर १–१ विकेट लिएभने भारतका दुई जना ब्याट्सम्यान रनआउट भएका थिए । विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकाविरुद्ध जित निकालेको यो पहिलो अवसर हो ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७