काग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दै

susil deubaजनबोली/१० फागुन, काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पार्टी र सरकार दुबै मोर्चामा असफल भएको निष्कर्षका साथ वरिष्ठ नेता शेरबहादुर देउवाले पक्षीय सदस्यहरुले संगठित रुपमै उनको आलोचना गरेका छन् ।

सरकार बनेको १ वर्षसम्म मौनरहेको वरिष्ठ नेता देउवा पक्षीय समूहले पूर्वप्रतिबद्ता अनुसार कोइरालाले माघ ८ मा संविधान जारी गर्न नसकेको, स्थानीय निकायको निर्वाचन नगराएको, कतैपनि सरकारको प्रभावकारिता नदेखिएको, पार्टीमा भ्रातृ संस्थाको अधिवेशन नगराएको, कार्यकाल सकिदा पनि पार्टीका विभाग र समितिहरुलाई पूर्णता नदिएको जस्ता मुद्धा उठाएर उनको आलोचना सुरु गरेका हुन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले सहमतिबाटै संविधान निर्माणको काम सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

यस्तै आजको बैठकमा संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने भूमिका खेल्नेहरुमाथि अनुशासन समितिले गरेको कारबाहीलाई लिएर पार्टीमा परेको पुनरावलोकनलाई के गर्ने भन्नेबारे ठोस निर्णय लिन सक्ने एक केन्द्रीय सदस्यले जनाएका छन् ।

संस्थापन पक्षले आममाफी दिनुपर्ने विषयलाई जोड दिइरहेको छ भने देउवा पक्षीय सदस्यहरूले प्रक्रिया नपुगी माफी दिन नहुनेमा जोड दिएको छ । नेतृत्व तहले पुनरावलोकन समिति गठन गर्ने र त्यसको सुझाव मानेर अघि बढ्ने योजना बनाएको एक सदस्यले बताए ।

सम्बन्धित खबरहरु