ISI Killingएजेन्सी । आईएस लडाकुहरुले अहिले सम्म कति मानिसहरुको हत्या गरे भन्ने यकिन तथ्यांक नभएपनि दर्जनौलाई हत्या गरेको भिडियो सार्वजनिक गरिसकेका छन् ।

यस्ता भिडियोहरुमा देखिन्छन्, मुख छोपेर कालो कपडा लगाएका एक वा त्यो भन्दा बढी आइएस लडाकु र उनीहरुको साथमा शक्तिहीन बन्धक । चाहे अमेरिकी पत्रकार होस् वा बेलायती नागरिक, जापानी बन्धक वा जोर्डनका पाइलट नै सबै भिडियोमा केही न केही समानता थिए ।

यस्ता भिडियोमा देखिएका सबै आइएस लडाकुको कपडा कालो र बन्धकको कपडा सुन्तला रंगको थियो । आइएसको झण्डा कालो रंगको भएकोले उनीहरुले कालो कपडा लगाएको अनुमान गरिएपनि उनीहरुले किन बन्धकलाई सुन्तला रंगको कपडा लगाइदिन्छन् भन्ने बारेमा नयाँ तथ्य बाहिर आएको छ ।

सन् २००२ मा अमेरिकाले क्युवाको ग्वान्टानामो बन्दीगृह बनाएका थिए । यस जेलमा अमेरिकाले आतंककारी आरोपमा समातेका र आतंककारीलाई सहयोग गरेको अभियोग लगेकाहरुलाई राख्ने गर्दथ्यो ।

यस जेलमा भएको चरम मानवअधिकार हनन र कैदीमाथिको अत्याचारका विषयमा पटक पटक आवाज समेत उठेको थियो । ग्वान्टानामो जेलमा कैदीहरुको रंग सुन्तला रंगको पहेलो हुने गर्दथ्यो ।

अहिले आइएस आतंककारीहरुले पनि यस्तै कपडा लगाइदिएरे आफ्नो शक्ति पनि अमेरिका बराबर रहेको सन्देश दिन खोजिरहेका छन् । साथै उनीहरुले त्यस्तै बर्बरता देखाइरहेका छन् जुन ग्वान्टानामो बन्दीगृहमा हुने गर्दथ्यो ।

सन् २००२ देखि २००९ सम्म ग्नान्टानामो जेल आतंककारीहरुका लागि पीडाको दोस्रो नाम बनेको थियो । सोही बदलाभावले अहिले उनीहरुले निर्दोष मानिसहरुलाई पनि समातेर त्यस्तै पहिरनमा हत्या गरिरहेका छन् ।

सम्बन्धित खबरहरु