IMG_3794 राजन न्यौपाने, काठमाडौं । अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघद्वारा आयोजित जोरखाने स्पोर्ट्स् वल्र्डकपमा सहभागी हुन जोरखानेका खेलाडी तथा पदाधिकारीहरु आज ताजकिस्तान प्रस्थान गर्ने भएका छन् ।

यहि फेव्रुअरी २३ देखी २८ सम्म मित्र राष्ट्र ताजकिस्तानको दुसान्वेमा संञ्चालन हुने उक्त वल्र्डकपमा नेपालको प्रतिनिधित्व गर्दै सात जना खेलाडी, एक जना रेफ्री सहित नेपाल जोरखाने स्पोर्ट्स् एसोसिएसनका अध्यक्ष कर्ण बहादुर शाही समेतको टोली त्यहाँ प्रस्थान गर्न लागेको हो ।

प्रतियोगितामा संलग्न हुने खेलाडीहरुमा अरुणप्रसाद सापकोटा, कमल श्रेष्ठ, अनुज सिंह श्रेष्ठ, सुमिर कुमार शाह, राजन सिलवाल, सूर्य बुढाथोकी र रविन घिमिरे रहेका छन् । उक्त टोलिमा जोरखाने खेलका नेपालका अन्तराष्ट्रिय रेफ्रि रवि घिमिरेको पनि सहभागिता रहेको छ ।

IMG_3766

प्रतियोगितासंगै महाँसंघको छैटौं साधारण सभा पनि हुनेछ । सो साधारणसभामा अन्तराष्ट्रिय जोरखाने खेलकुद महासंघको एसिएन महासचिव समेत रहेका नेपालका कर्ण बहादुर शाहीले प्रतिनिधित्व गर्ने जनार्ईएको छ । सात खेलाडीको नेतृत्व भने अरुण अरुण प्रसाद सापकोटाले गर्ने भएका छन् ।

सम्बन्धित खबरहरु