206703

जनबोली/११ फागुन, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ईंग्ल्याण्ड विजयी भएको छ । क्राईस्ट चर्चमा भएको मैदानमा र्ईंग्ल्याण्डले स्कटल्याण्डलाई ११९ रनको विशाल रन अन्तरले पराजित गरेको हो ।

तीन सय ४ रनको लक्ष्यका साथ मैदान उत्रिएको स्कटल्याण्ड ४२ दशमलव दुई ओभर खेल्दै एक सय ८४ रनमा समेटियो । स्कटल्यान्डका लागि केली कोटजेरले सर्वाधिक ७१ रन बनाए । त्यस्तै प्रिस्टन मोम्सेनले २६ रन र म्याथु क्रसले २३ रन जोडे ।

इङल्यान्डका स्टेभन फिनले सर्वाधिक ३, जेम्स एन्डरसन, मोयन अली र क्रिस वाक्सले २/२ विकेट तथा जोय रुटले एक विकेट लिए ।

206713

यसअघि टस हारेर पहिलो व्याटिङको निम्तो पाएको इंङल्याण्डले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा तीन सय ३ रन बनाएको थियो ।

इङल्यान्डका लागि मोइन अलीले १ सय ७ बलमा १२ चौका र ५ छक्कासहित १ सय २८ रन बनाए भने इयान बेलले ८५ बलमा २ चौका प्रहार गर्दै ५४ रन बनाए ।

अली र बेलले पहिलो विकेटको लागि १ सय ७२ रनको साझेदारी गरेपछि इङल्यान्डको टोलीले बलियो योगफल तयार पारेको थियो । स्कटल्याण्डका जोस डाभेले ४ विकेट लिए ।

खेलमा पराजय व्यहोरेको छ । यसअघि इङल्याण्ड र स्कटल्याण्डबीच सन २०१० र २०१४ भएको दुबै खेलमा इङल्याण्ड विजयी भएको थियो ।

206675

सम्बन्धित खबरहरु