आफ्नो मृत्युको खबरले हैरानीमा अभिनेता शक्ति कपूर

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ फाल्गुण, २०७१

मुम्बई । बलिउडका केही हस्तीहरुले आफ्नो मृत्युको खबरले हैरानी खेप्नुपरिसकेको छ । यसपटक फेरि यस्तै हैरानीमा परेका छन् अभिनेता शक्ति कपूर । शनिबारदेखि सामाजिक सञ्जालहरुमा उनको मृत्युको खबरले हंगामा मच्चाएको छ । अन्तिममा उनी आफैले आफू जिउँदै रहेको बताउनु परेको थियो । उनको कार दुर्घटनामा मृत्युको खबर फैलिएको थियो । यस्तो घटनापछि उनको घरमा फोन आएर हैरानी पारेको थियो । त्यसपछि शक्तिका छोरा सिद्धार्थ कपूरले ट्विट गर्दै बाबु जिउँदै रहेको जानकारी गराएका थिए ।

शक्तिले व्हाट्सएपबाट फैलिएको आफ्नो मृत्युको खबरले परिवार, नातेदार, साथीभाई र शुभचिन्तकहरुमा हैरानी परेको तर भगवानको कृपाले आफू जीवित रहेको र खबर झुठो भएको बताएका छन् । यसअघि अभिताभ बच्चन, माधुरी दीक्षित, दिलीप कुमार, लता मंगेस्कर, कटरिना कैफ र आयुष्मान खुराना जस्ता बलिउड हस्तीहरुले आफ्नो मृत्युको झुठो खबरले हैरानी खेप्नु परेको थियो ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७