IMG_0123
जनबोली १० फागुन, काठमाडौ । बढ्दो रगत अभावको समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)माले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीसँग मिलेर गेट कलेज परिसरमै आयोजना गरिएको यो छैठौं रक्तदान कार्यक्रम हो ।
प्रायजसोः जाडोयाममा रक्तदाताहरूको कमी भइ रक्तसञ्चार केन्द्रहरुमा रगतको अभाव भइ उपचारमा समस्या पर्ने गरेको छ ।

हरेक स्वस्थ मानिसले कम्तिमा ३ महिनाको अन्तरालमा रक्तदान गर्न सक्छन्, जसबाट रगतको अभावले ज्यानै जोखिममा परेका बिरामी, शल्यक्रिया गर्नुपर्ने वा दुर्घटनामा परी घाइते भएका व्यक्ति लगायतका मानिसको ज्यान बचाउन सकिन्छ ।

रक्तदान, जीवन दानको मूल नाराको अवसरमा आयोजित उक्त रक्तदान शिविरमा कलेजमा अध्ययनरत विद्यार्थी, अध्यापक तथा कर्मचारीहरु गरी ६० जनाले रक्तदान गरेका थिए ।

यस किसिमको मानवीय कार्य आगामी दिनमा पनि जारी राखिने गेट कलेजले जानकारी दिएको छ । गेट कलेज स्विस होटल एसोसियनको सम्बन्धनमा होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षा प्रदान गर्ने एसियाकै एकमात्र र स्विजरल्यान्ड बाहिरको विश्वको दोस्रो शैक्षिक प्रतिष्ठान हो ।

सम्बन्धित खबरहरु