191-01

जनबोली ११ फागुन, काठमाडौ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास "EX SURYA KIRAN-VIII" एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपन्देहीमा सुरु भएको छ ।

अभ्यासको पश्चिम पृतनापति उपरथी पदम विलास कार्कीले शुभारम्भ गरेका थिए । अभ्यासको शुभारम्भ गर्दै उपरथी कार्कीले लामो समयदेखि दुई सेनावीच रहँदै आएको पारस्परिक सम्बन्धलाई यस अभ्यासले अझ मजबुत बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

दुई सेनावीच हुने यस किसिमका संयुक्त अभ्यास तथा तालिमहरुले भविष्यमा आईपर्ने बहुराष्ट्रिय स्तरको विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता कार्यहरुमा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । नेपाली सेनाबाट १९४ जना र भारतीय सेनाबाट २७० जना गरी जम्मा ४६४ जना समाबेश भई संचालन हुन लागेको आठौं संस्करणको संयुक्त अभ्यास आगामी फाल्गुन २४ गते सम्पन्न हुनेछ ।

प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक एवं व्यवहारिक कार्यक्रमहरु समाबेश गरी संचालन हुने यस किसिमको अभ्यास विगतमा मित्रराष्ट्र भारतमा पहिलो, तेश्रो, पांचौ र सातौं संस्करण तथा नेपालमा दोश्रो, चौंथो र छेठौं संस्करण संचालन भइसकेको छ ।

यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् । यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ ।

साथै यस अभ्यासले नेपाली सेनाको अन्य सैनिक संगठनहरुसँग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ ।

नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश बीच रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खबरहरु